दफा २१
जजुरी गर्न सक्ने
(१) कसैले हक नभएको क्रणपत्रको भुक्तानी लिएमा वा धनी मनोनयन गराएमा त्यस्तो क्रणपत्रको धनी वा हकवालाले आफ्नो हक कायम गराउनका लागि त्यस्तो क्रणपत्रको भुक्तानी लिएको वा धनी मनोनयन भएको थाहा पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा उजुर गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम कसैको उजुरी परेमा अदालतले हक पुग्नेको हक कायम-_गरी हक नपुग्नेले भुक्तानी लिइसकेको भए सो समेत हकवालालाई भराइ दिनु पर्नेछ।